हेटौँडा, असार २५ । कोरोना महामारीका कारण करीब दुई महिनादेखि बन्द रहेका सार्वजनिक यातायात यही असार २७ गतेदेखि सञ्चालन हुने भएका छन्। जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालयका अनुसार आइतबारदेखि जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने भएका हुन्।
सवारी सञ्चालन गर्दा विभिन्न नौ बुँदे निर्देशन पालना गर्नु पर्नेछ। प्रशासनले निषेधाज्ञाको समयावधि यही असार ३१ गतेसम्म लम्ब्याएको छ। रासस
Facebook Comments


























