असार २५ । यू-२३ एसिया कप छनोटको तालिका सर्वाजनिक भएको छ। एसियन फुटबल कन्फेडेरेसन शुक्रबार सर्वाजनिक गरेको तालिकामा नेपाल समूह बीमा परेको छ। यू-२३ छनोटमा सहभागी ४२ देशलाई ११ समूहमा विभाजन गरिएको छ। प्रतियोगिताका छनोट चरणका खेल २३ अक्टोबरदेखि ३१सम्म हुनेछ।
समूह बीमा नेपालसँगै लेबनान, इरान र ताजकिस्तान छन्। समूह बीका छनोट खेल ताजकिस्तानमा आयोजना हुने छ। छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन्। यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कप खेल्नेछन्। सन् २०२२ मा हुने यू-२३ एसिया कप उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।
Facebook Comments


























