काठमाडौं, असार २५ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ घ्याम्पे डाँडाको जंगलमा सरकारी गाडीभित्र अश्लिल क्रियाकलाप गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा चालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री, गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ। कार्की र महिला गाडीभित्र अश्लिल गतिविधि गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
प्रदेश नम्बर ३–०१–००२ झ ५०५२ नम्बरको गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेको खुलेको छ। उनीहरुलाई पक्राउ गरेर सोधपुछ भइरहेको भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ। गाडी चालक खत्री मन्त्रालयकै कर्मचारी हुन्।
Facebook Comments


























