रौतहट, असार २५ । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तीपुरमा राति करिब पौने ११ बजे दुई पक्षबीच झडप भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले जानकारी दिए।
दुई पक्षबीच झडप हुँदा १० जना सामान्य घाइते भएको उनले बताए। झडप हुँदा ६ वटा मोटरसाइकल र एउटा स्कुटर समेत जलाइएको थियो। झडप हुँदा स्थानीय श्रीराम चौधरीको कच्ची घरमा समेत क्षति पुगेको प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिए।
उनका अनुसार जग्गा सम्बन्धी पुरानो विवादका कारण उनीहरूबीच झडप भएको थियो। झडप भएपछि राति प्रहरीको टोली खटिएर स्थितिलाई नियन्त्रणमा लिएको थियो।
Facebook Comments


























