असार २५ । शुक्रबार सुनको भाउमा सामान्य वृद्धि भएको छ। सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर तोलाको ९२ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम गरेको छ। बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भएको थियो।
Facebook Comments


























