असार २४ । इटालियन फरवार्ड मारियो बालोटेली टर्किस क्लब एडाना डेमिर्स्पोरमा अनुबन्धित भएका छन्। ३० वरिय फरवार्ड बालोटेलीले टर्कीको शीर्ष डिभिजन क्लब डेमिर्स्पोरसँग सम्झौता गरेका छन्।
बालोटेलीले यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको क्लबसँग तीन वर्षको सम्झौता गरेका छन्। गत सिजन बालोटेलीले सिरी ुबीु क्लब मोन्जाबाट खेलेका थिए। उनले १९ खेलमा ५ ग्ल गरेका थिए।
इंग्लिश क्लब म्यानचेस्टर सिटी र लिभरपुलका पूर्व स्ट्राइकर समेत रहेका बालोटेलीको यो करियरको दशौँ क्लब हुनेछ। इटालीका पूर्व स्ट्राइकरले राष्ट्रको लागि ३६ खेलमा १० गोल गरेका छन्। ऐन्सी
Facebook Comments


























