असार २४ । नेपाल राष्ट्र बैंकले आज विहीका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७० पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























