असार २२ । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० गोलले हराउँदै ब्राजिल उपाधि नजिक पुगेको हो।
ब्राजिलको जितका लागि लुकास पेक्वेटाले गरेको एक मात्रै गोल निर्णायक बन्यो। नेयमारले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै पेक्वेटाले खेलको ३५ औँ मिनेटमा गोल गरेका थिए। ब्राजिलले अब उपाधिका लागि अर्जेटिना र कोलम्बियाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ। ऐजेन्सी
Facebook Comments


























