असार २२ । इंग्ल्यान्डका बलर जेम्स एन्डरसनले फस्ट क्लास क्रिकेटमा १ हजार विकेट पूरा गरेका छन्। एन्डरसनले सोमबार काउन्टी च्याम्पियनसिप अन्तर्गत केन्टविरुद्धको खेलमा विकेट लिदै १ हजार विकेटको कोशेढुंगा पूरा गरेका हुन्।
३८ वर्षीय एन्डरसनले लांकेशायरबाट काउन्टी खेलिरहेका छन्। फास्ट बलर एन्डरसनले पहिलो इनिङ्समा १९ रन खर्चिएर ७ विकेट लिएका छन्। एन्डरसनले टेस्ट क्रिकेटमा ६०० विकेट पूरा गरिसकेका छन्।
टेस्ट क्रिकेटमा ६ सय विकेट पूरा गर्ने एन्डरसन पहिलो फास्ट बलर हुन्। टेस्टमा यो कोशेढुंगा पुरा गर्ने एन्डरसन चौथो बलर हुन्। यस अघि मुथैया मुरलीधरन, शेन वार्न र अनिल कुम्बलेले ६ सय विकेटको कोशेढुंगा पार गरिसकेका छन्। ऐन्सी
Facebook Comments


























