काठमाडौँ, असार २१ । नेकपा एमाले एकताको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति ९ बजेदेखि ओली र रावलबीच करिव डेढ घण्टा कुराकानी भएको हो।
वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसंग भेट्न अस्वीकार गरेपछि ओलीले रावलमार्फत् सहमतिको प्रयास गरेका हुन्। ओलीले देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्ष २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्मको समयसीमा दिएका छन्।
तर हस्ताक्षर फिर्ता नहुने नेपाल पक्षले जनाइसकेको छ। ओलीले भने हस्ताक्षर फिर्ता गर्दै एमालेमै रहन वा एमाले छाडेर गठबन्धन रोज्न नेपाल पक्षलाई चेतावनी दिएका छन्।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











