असार २० । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार बिहान अर्जेन्टिना र इक्वेडरबीचको क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो।
यस संकरणमा अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन्। अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ। कोलम्बियाले क्वाटरफाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको हो। ब्राजिलले सेमिफाइनलमा पेरुसँग प्रतिस्पर्धा गर्नेछ।
ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई १-० ले हराएको हो। पेरुले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो। एजेन्सी
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







