असार २० । आइतबार नेपाली बजारमा सुनको कारोबार ९१ हजार ५०० रुपैयाँ भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले वृद्धि भएर ९१ हजार ५०० रुपैयाँ कायम भएको हो।
गत शुक्रबार प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीमा १५ रुपैयाँले वृद्धि भई आज १ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
Facebook Comments


























