चितवन, असार १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यस्तै, २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५६६ जनाको पीसीआर परीक्षणबाट १ हजार ३९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी जम्मा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























