असार १६ । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।
उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २(१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भयो। यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।
तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन्। अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ।
क्वाटरफाइनल समीकरण :
शुक्रबार राति ९:४५ बजे – स्विट्जरल्यान्डविरुद्ध स्पेन
शुक्रबार राति १२:४५ बजे – बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९:४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२:४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड


























