असार ८ । चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ। मंगलबार भएको खेलमा उरुग्वेसँग १-१ गोलको बराबरीमा रोकिए पनि चिलीले क्वाटरफाइनलमा पुगेको हो।
ब्राजिलको एरिना पन्टानलमा अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि चिली बराबरीमा रोकिएको हो। २६औँ मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
६६औँ मिनेटमा भिडालले आत्मघाती गोल गरेपछि उरुग्वे हारबाट जोगिएको हो। बराबरीसँगै समूह ‘ए’ को चिलीले ३ खेलमा ५ अंक जोडेको छ। चिली समूहको दोस्रो स्थानमा रहेको छ। उरुग्वे २ खेलमा १ अंकसहित चौथो स्थानमा छ। एजेन्सी
Facebook Comments


























