काठमाडौँ, असार ८ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























