असार ७ । जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा १० हजार घरेलु समर्थकले रंगशाला पुगेर खेल हेर्न पाउने भएका छन्। टोकियो ओलम्पिक आयोजक कमिटिले सोमबार १० हजार घरेलु समर्थकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको छ।
तर, कोरोना भाईरसको संक्रमण दर बढेका रंगशाला बन्द गरेर प्रतियोगिता आयोजना गरिने बताईएको छ। टोकियो ओलम्पिकमा विदेशी समर्थकलाई भने पूर्ण रुपमा निषेध गरिएको छ। टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ। जसमा फुटबल र बेसबल रहेको छ। औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ। ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ। कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। एजेन्सी
Facebook Comments


























