काठमाडौं, असार ७ । आगामी रणनीति तय गर्नका लागि बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा गठबन्धनलाई कसरी सुदृढ बनाउने भन्ने बारेमा छलफल भएको बैठकमा सहभागी माओवादी नेता देव गुरुङले जानकारी दिए।
‘गठबन्धनको बैठक निरन्तर बस्ने प्रक्रियाअनुसार आजको बैठक बसेको हो। बैठकमा गठबन्धनलाई कसरी सुदृढ र प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भयो’, उनले भने।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री पुर्णबहादुर खडका सहभागी थिए। माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए। बैठकमा एमालेबाट निश्कासित नेताहरु वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भिम रावल सहभागी थिए। बैठकमा जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव ,संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराई लगायत सहभागी थिए।


























