असार ७ । कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित दर्ता गरेको छ। आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई २-१ गोलले हराउँदै पेरूले पहिलो जित निकालेको हो।
पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गरे। एक गोल भने आत्मघाती उपहार पाएको थियो। कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काए।जितसँगै समूह ‘बी’ मा पेरुले २ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। ३ खेलमा ४ अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























