वीरगञ्ज, असार ७ । आफैँले बोकेको राइफलको गोली लागेर वीरगञ्जमा नेपाली सेनाका जवान घाइते भएका छन्। आइतबार राति साढे ८ बजे ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहान आफैँले बोकेको राइफलको गोली लागेर घाइते भएका हुन्।
उनको बायाँ चिउँडोको मुनि र दाहिने आँखाको मुनि एन–१६ राइफलको गोली लागेको छ। गम्भीर घाइते उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ।
पोखरिया नगरपालिका वडा नम्बर(५ घर भएका चौहान आफैँले गोली हाने वा राइफल पड्कियो भन्नेबारे खुल्न सकेको छैन। घटनाको अनुसन्धान भइरहेको छ।
Facebook Comments


























