असार ४ । जिम्बावेका तीव्र गतिका बलर केली जार्भिसले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका छ। जार्भिसले बिहीबार ३२ वर्षको उमेरमै क्रिकेटबाट सन्यास घोषणा हुन्।
जार्भिसले चाडै सन्यास लिनुको कारण चोट रहेको बताएका छन्। पछिल्लो केहि वर्षबाट उनी चोटको कारण मैदान बाहिर रहदै आएका थिए। जार्भिसले जिम्बावेका लागि ८४ अन्तराष्ट्रिय खेलमा १ सय ३२ विकेट लिएका थिए। जसमा ४६ टेस्ट, ५८ एकदिवसीय र २८ टी-ट्वान्टी विकेट रहेको छ।
उन्ल फस्ट क्लास क्रिकेटमा ३ सय २० विकेट लिएका छन्। पछिल्लो पटक उनले २०२० को जनवरीमा श्रीलंकाविरुद्धको टेस्ट खेलेका थिए। एजेन्सी
Facebook Comments


























