उदयपुर, असार ३ । उदयपुरमा पेस्तोलसहित तीनजना पक्राउ परेका छन्। त्रियुगा नगरपालिका–३, मोतिगढाबाट एकथान पेस्तोल उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, ५० वर्षीया श्यामकुमारी चौधरी र सप्तरीको सुरुंगा नगरपालिका–८ बस्ने २३ वर्षीय बबि चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।
Facebook Comments


























