असार ३ । बार्सिलोनाका प्रशिक्षक जोन लापोर्टाले फरवार्ड लियोनल मेस्सी क्लबमै बस्न चाहेको बताएका छन्। उनले वित्तिय नियमका कारण नयाँ अनुबन्धनको घोषणामा ढिलाई भएको स्पष्टिकरण दिएका छन्।
पुरानो सम्झौता सकिएसंगै मेस्सीले गत महिना क्याप नाउ छाडेका थिए। क्लब सम्झौता नविकरणका लागि प्रयास गरिरहेको छ।
मेस्सीले गत सिजन क्लब छाड्न चाहेका थिए। तत्कालिन क्लब नेतृत्वसंग असन्तुष्ट रहेका मेस्सीले आफुले बार्सिलोना छाड्न पाउने शर्तलाई सक्रिय बनाउन अनुरोध गरेका थिए।
तर क्लबले उनलाई सहजै छाड्न मानेन। उनले क्लबसंग कानुनी लडाँई नलड्ने बताउँदै सम्झौता अनुसार थप एक सिजन बार्सिलोनमै बस्न राजी भएका थिए। लापोर्टाले ३३ वर्षिया फरवार्ड क्लबमै बस्न राजी हुने बताए । उनले चाँडैनै नयाँ सम्झौतामा पुगिने उल्लेख गरेका छन्।
‘उनलाई क्लबमा राख्ने प्रयास जारीनै रहनेछ। उनी क्लबमै बस्न चाहन्छन्। यो सजिलो छैन। हामी त्यही गर्छौ, जति हामी सक्छौं।’ उनले भने, ‘उनलाई भ्रमित पार्न कुनै आवश्यक छैन।’
बार्सिलोनाले नयाँ सिजनका लागि म्यान्चेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरोलाई अनुबन्धन गरेको छ। मेस्सी आफै अग्युरोसंग खेल्न चाहन्थे। उनले क्लबलाई पटक पटक अग्युरोलाई अनुबन्धन गर्न आग्रह समेत गरेका थिए। दुवै अर्जेन्टिनी खेलाडी पनि हुन्।
मेस्सीका लागि गत सिजन सुखद रहेन। तर उनी पुन एक पटक ला लिगाका सर्वाधिक गोलकर्ता रहे। उनले ३५ खेलमा ३० गोल गरे। एजेन्सी


























