जेठ ३० । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले प्रदेशमा बनेका सरकारहरुले आफ्नो अस्तित्व बोध गराउन नसकेका बताएका छन्। थापाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।
गण्डकी प्रदेशमा मुख्यमन्त्री बनेका कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेललाई बधाई दिँदै थापाले अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्ने बताए।
थापाले अहिलेको राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको बताए। उनले यस्तो अवस्थामा अब प्रदेश सरकारहरुले आफ्नो कामबाट नै जनतामा आशा जगाउनुपर्ने बताएका हुन्।
थापा लेख्छन्, ‘प्रदेश सरकारहरूले त आफ्नो अस्तित्व बोध नै गराउन नसकेको अवस्थामा अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्छ।’
Facebook Comments


























