जेठ २७ । फेसबुकले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने भएको छ। यो स्मार्टवाचमा दुई ओटा डिट्याचेबल क्यामेरा पनि हुनेछ जुन आफू खुशी प्रयोगकर्ताले लगाउन वा हटाउन सक्नेछन्।
ती क्यामेराबाट खिचेको फोटो वा भिडियो फेसबुकको सेवाहरुमा सेयर गर्न पनि पाइनेछ। यसमा इन्स्टाग्राम पनि पर्ने गर्दछ।
यसमा भिडियो कलका लागि फ्रन्ट क्यामेरा र १०८० पिको रियर क्यामेरा राखिएको छ। यसले एलटीई कनेक्टीभिटी पनि दिने भनिएको छ। यसमा हार्ट रेट मनिटर पनि हुन सक्ने अनुमान लगाइएको छ।
घडीमा हार्ट रेट मनिटर पनि हुन सक्ने आशङ्का गरिएको छ। स्मार्टवाचको फोन एप पनि हुने अनुमान लगाइएको छ। यसको मूल्य करिब ४०० डलर पर्ने अनुमान गरिएको छ।
Facebook Comments


























