जेठ २६ । प्रिमियर लिगले युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगितामा आबद्द भएका ६ क्लबलाई जरिवाना गरेको छ। ईएसएलको घोषणा गर्दा स्थापक क्लबमा रहेका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहमलाई जरीवान गरेको हो।
प्रिमियर लिगले ६ क्लबलाई संयुक्त २० मिलियन पाउण्ड जरिवाना गरेको स्काई स्पोर्ट्सले जनाएको छ। तर, प्रतियोगिताको चौतर्फी आलोचना भएपछि प्रिमियर लिगका ६ क्लबले सुपर लिगबाट हात झिकेको थियो।
युरोपका १२ क्लबले आफ्नो नतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका थिए। रियलका अध्यक्ष समेत रहेका फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा ईएसएलको घोषणा गरिएको थियो । तर, अब संस्थापक क्लबमा बार्सिलोना, रियल मड्रिड र युभेन्ट्स मात्र रहेका छन्।
अन्य क्लबले प्रतियोगिताबाट नाम फिर्ता गरिसकेको छ। एजेन्सी
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







