जेठ २६ । समर्थकले इंग्ल्यान्डको वेल्बलीमा हुने युरोकप फुटबलको खेलहरु रंगशालामै बसेर हेर्न पाउने भएका छन्। यूईएफएले मंगलबार खोप पासपोर्ट भएका समर्थकले वेम्बलीमा हुने खेलहरु रंगशालामा बसेर हेर्न पाउने जनाएको छ।
तर, खोप पासपोर्ट भएका ११ वर्ष माथिका समर्थकलाई मात्र रंगशाला प्रवेशको अनुमति रहेको छ। यस्तै दुबै डोज खोप लगाएको र खेल भन्दा १४ दिन अघि लगाएको हुनु पर्नेछ।
कोरोना महामारीको कारण एक वर्ष पछि हुन लागेको युरो जुन ११ बाट जुलाई ११ सम्म आयोजना हुँदैछ। वेम्बलीमा समूह डी को खेलहरु हुनेछ। इंग्ल्यान्डले जुन १३ मा क्रोएसियासँग खेल्नेछ। वेम्बलीमा युरोको फाइनल खेल समेत हुनेछ। एजेन्सी
Facebook Comments


























