जेठ २६ । बलिवुडका खेलाडीकुमार उपनामले चिनिएका सुपरस्टार अक्षयकुमारका कोरोना महामारीका कारण पाँच फिल्म तयार भएर पनि रिलिज हुनसकेका छैनन्।
२०२० मा ओटीटी रिलिजमा सफलता हासिल गर्न नसकेको लक्ष्मी पछि अक्षयकुमारका फिल्म रिलिज भएका छैनन्। ओटीटीमा फिल्म नचलेपछि अन्य निर्माताहरु अक्षयकुमारका फिल्म ओटीटीमा रिलिज गर्न हिच्किचाएका छन्।
बेल बटम गतबर्ष नै बनेर तयार भएपनि अहिलेसम्म रिलिजको कुनै टुंगो छैन। त्यस्तै यशराजले बनाएको फिल्म ुपृथ्वीराजु आफ्नो ५०औ बार्षिकोत्सवमा बनाएपनि तुरुन्त रिलिज हुने संकेत देखिएको छैन। यस फिल्मलाई लिएर विरोध पनि भएको छ। नामको बारेमा केहि संघ संस्थाहरुले विवाद गरेका छन्।
त्यस्तै अक्षयकुमारको रिलिज अर्को रोकिएको चर्चित फिल्म हो सुर्यबंशी। रोहित शेट्टीले निर्देशन गरेको यो फिल्म कोरोनाको चपेटमा परेको दुई बर्षभन्दा बढी भएको छ। ओटीटीमा रिलिज गर्ने प्रयास भएपनि राम्रो पैसा नपाएका कारण रिलिज रोकिएको छ।
अक्षयकुमारका अर्का दुई फिल्म बच्चन पाण्डे र अतरंगी रे पनि बनेर तयार भएका छन्। तर रिलिजको भने अहिलेसम्म टुंगो लागेको छैन। त्यस्तै अक्षयकुमारले अन्य दुई फिल्म रक्षाबन्धन र रामसेतु पनि बनाउने घोषणा गरिसकेका छन्। यी दुवै फिल्म हाल जारी लकडाउन खुल्ने बित्तिकै शुटिंग शुरु हुने बताइएको छ।
यसैबीच अक्षयकुमारले १० बर्षअघि आएको फिल्म ओ माइ गडको सिक्वेल बनाउने घोषणा गरेका छन्। फिल्ममा हालै विवाह बन्धनमा बाधिएकी अभिनेत्री यामी गौतमले अक्षयकुमारसँग काम गर्ने भएकी छन्। साथै फिल्ममा पंकज त्रिपाठीले यस अघि ओ माइ गडमा निभाएको भूमिका नै निभाउने भएका छन्।
यसरी फिल्म रिलिज नभएपनि अक्षयकुमारले नयाँ फिल्ममा काम गर्ने रफ्तार भने कम गरेका छैनन् र रोकिएको छैन। एजेन्सी


























