जेठ २६ । प्रिमियर लिग क्लब चेल्सीले युवा फरवार्ड इर्लिङ हालाण्ड किन्न छलफल अघि बढाएको छ। प्रशिक्षक थोमस टुचेलले यस समर ट्रान्सफरमा स्टार फरवार्ड किन्ने बताईसकेका छन्। सोही अनुसार चेल्सीले १ सय ७० मिलियन मुल्यका हालाण्ड किन्न छलफल अघि बढाएको हो।
नर्वेजियन फरवार्डले क्लबमा प्रतिसाता ३ लाख पाउण्डको तलब माग गर्न सक्ने बताईएको छ। लण्डन क्लब चेल्सी टामी अब्राहमलाई डर्टमण्डसंगको छलफलमा अघि सार्ने तयारी गरेको छ।
जर्मन क्लब बोरुसिया डर्टमण्डले आफ्ना सेन्टर फरवार्डलाई बेच्ने कुनै ईच्छा देखाएको छैन। तर महत्वकाक्षी फरवार्ड हालाण्डले नयाँ गन्तव्यका लागि छलफल अघि बढाउन तयार छन्।
युरोपियन च्याम्पियन प्रशिक्षक टुचेल हालाण्डसंग छलफल गर्न अघि सरेका छन्। तर हालाण्डलाई किन्न चेल्सीले झण्डै १ सय ७० मिलियन पाउण्ड रकम खर्च गर्नुपर्ने हुन्छ। चेल्सीले हालाण्डलाई किन्न ४० मिलियन पाउण्डका टामी अब्राहमलाई प्रस्ताव गर्न सक्छ। अब्राहमलाई चेल्सीले आन्तरिक रुपमा बेच्ने सुचिमा राखेको छ।
टुचेलले मारिना ग्रानोव्सकिया र चेल्सीका मालिक रोमन अब्रामोविचसंग म्यान्चेष्टर सिटीलाई चुनौती दिन र चेल्सीलाई अघि बढाउन सेन्टर फरवार्डको माग गरेका छन्।
चेल्सीले नयाँ फरवार्डका लागि तयारी गरिरहेको छ। तर हालाण्डको प्रोफाईल र उमेरले लण्डन क्लबलाई आकर्षित गरेको छ। ह्यारी केनलाई प्रतिद्धन्दी क्लब टोटेनहमबाट किन्न चेल्सीलाई गाह्रो छ। अर्का फरवार्ड रोमेलु लुकाकुले गत साता आफु ईन्टर मिलानमै रहने बताईसकेका छन्।
हालाण्डलाई पछिल्लो समय युरोपका अधिकांश क्लबले चाहेका छन्। डर्टमण्डले २० वर्षिया आफ्ना स्टार अर्को सिजन क्लबमै रहने बताएको छ। तर चेल्सी क्लब टिममा देखिएको अभाव पुर्ति गर्न हालाण्डलाई पहिलो विकल्पमा राखेको छ। हालाण्डले पछिल्लो सिजन क्लबका लागि ४० गोल गरेका थिए।
डर्टमण्ड क्लबले चेल्सीका अब्राहमको बिषयमा कुनै ईच्छा देखाएको छैन। तर पछिल्लो खेलाडी सरुवा बजारलाई ध्यानमा राख्दै डर्टमण्डले हालाण्डको विल्कप खोज्न सुरु गरिसकेको बताईएको छ।
चेल्सीका प्रशिक्षक टुचेल समरमा नयाँ फरवार्डलाई समावेश गर्दै टिमलाई पुनसंरचना गर्न चाहेका छन्। सेन्टर फरवार्डको तुलनामा चेल्सीसंग डिफेन्स र मिडफिल्डमा धेरै विल्कप छ। चेल्सीले करिब १४ खेलाडीलाई नयाँ सिजन लोन वा स्थायी रुपमा बेच्न सक्नेछ। एजेन्सी


























