जेठ २५ । जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। अन्तराष्ट्रिय ओलम्पिक कमिटिले टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले १२ खेलमा प्रतिस्पर्धा गर्ने जनाएको छ।
ओलम्पिकको झण्डामुनि रहेर उनीहरुले प्रतिस्पर्धा गर्ने छन्। शरणार्थी खेलाडीहरु सिरिया, इरान, दक्षिण सुडान, अफगानिस्तान र इरिट्रियाका रहेको बताईएको छ।
ब्राजिलमा सन् २०१६ मा आयोजना भएको रियो ओलम्पिकमा १० शरणार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए। टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ। जसमा फुटबल र बेसबल रहेको छ। औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ। एजेन्सी
Facebook Comments


























