जेठ २४ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले इंग्ल्यान्डलाई जरिवाना गरेको छ। न्युजिल्याण्डविरुद्धको टेस्ट दौरान स्लो ओभर रेटको कारण इंग्ल्यान्डलाई जरिवाना गरिएको हो।
आईसीसीले इंग्ल्यान्डलाई म्याच फिको ४० प्रतिशत जरिवाना गरेको हो। लर्ड्समा भएको इंग्ल्यान्ड र न्युजिल्याण्डबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो। दुई टोलीबीचको दोस्रो टेस्ट बिहीबार सुरु हुनेछ। एजेन्सी
Facebook Comments


























