जेठ २४ । अमेरिकाले पहिलो संस्करणको कोनकाफ नेसन्स लिग फुटबलको उपाधि जितेको छ। कोलोराडोमा सोमबार भएको फाइनलमा मेक्सिकोलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै अमेरिकाले उपाधि जितेको हो।
रोमान्चक बनेको खेलको दोस्रो मिनेटमा जेसस कोरोनाले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको २७ औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै अमेरिकालाई १-१ गोलको बराबरीमा फर्काए। खेलको ७९ औं मिनेटमा डिएगो लाइन्जले गोल गर्दै मेक्सिकोलाई २-१ को अग्रता दिलाए।
तर, खेलको ८२ औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै अमेरिकालाई २-२ गोलको बराबरीमा फर्काए। निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। त्यसपछि खेलको १ सय १४ औं मिनेटमा क्रिस्टियन पुलिसिचले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई उपाधि दिलाए। एजेन्सी
Facebook Comments


























