जेठ २३ । स्विस खेलाडी रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन्। पूर्व विश्व नम्बर एक फेडेररले शनिबार राति जर्मनीका डोमिनिक कोएफरलाई पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेका हुन्।
२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले डोमिनिकमाथि ७-६(७-५),६-७(३-७),७-६(७-४) र ७-५ को सेटमा जित निकाले।
डोमिनिकमाथि जित निकाल्न फेडेररले ३ घण्टा ३५ मिनेटको समय खर्चिए। अब आठौं वरीयताका फेडेररले इटालीका माटियो बेराट्टीनीसँग खेल्ने छन्।
नवौं वरीयताका माटियोले दक्षिण कोरियाका सुन वुलाई ७-६(८-६) , ६-३ र ६-४ ले पराजित गरे।
Facebook Comments


























