जेठ २३ । मैत्रीपूर्ण खेलमा स्विडेनले अर्मेनियालाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा स्विडेनले अर्मेनियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
स्विडेनलाई जित दिलाउन इमिल फोर्सवर्ग, मार्कुस डानिलसन र मार्कुस बेर्जल एक एक गोल गरे। अर्मेनियाका भाहान बिचाकछ्यानले एक गोल फर्काए।
खेलको १६ मिनेटमा इमिलले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए। ३४ औं मिनेटमा मार्कुसले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।
खेलको ३८ औं मिनेटमा सेबास्टियन लार्सेनले पेनाल्टीमा गोल गर्न सकेनन्। ६४ औं मिनेटमा अर्मेनियाका भाहानले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए। तर, खेलको ८५ औं मिनेटमा मार्कुसले गोल गर्दै स्विडेनलाई ३-१ को जित दिलाए। युरोकप फुटबलको तयारीको लागि स्विडेनमे अर्मेनियासँग मैत्रीपूर्ण खेल खेलेको हो। स्विडेनले जुन १४ मा स्पेनसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ। एजेन्सी


























