जेठ २२ । सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि स्पेन र पोर्चुगलले संयुक्त दाबी पेस गरेको छ। स्पेन र पोर्चुगलले शुक्रबार विश्वकप आयोजनाको लागि संयुक्त दाबीको घोषणा गरेको हो।
स्पेन र पोर्चुगलबीचको मैत्रीपूर्ण खेलपछि दुबै राष्ट्रले संयुक्त रुपमा विश्वकप आयोजनाको दाबी गरेको हो। स्पेनका राजा फिलिप छैटौं र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलोले संयुक्त दाबीको सम्झौता पत्रमा हस्ताक्षर गरे।
सन् २०३० को विश्वकपका लागि अन्य थुप्रै राष्ट्रले समेत दाबी गरेका छन्। फिफाले यस विश्वकप आयोजनाको घोषणा २०२४ मा गर्ने जनाएको छ। त्यसअघि सन् २०२२ को विश्वकप कतार र २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ। एजेन्सी
Facebook Comments


























