जेठ २२ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलरको एकको खरिददर ११६ रूपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ ५० पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४४ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























