जेठ २२ । सिंगापुरमा आयोजना हुने फर्मुला वानको प्रतियोगिता सिंगापुर ग्राण्ड प्रिक्स रद्द भएको छ। कोरोना भाईरसको महामारीको कारण यस वर्षको सिंगापुर ग्राण्ड प्रिक्स रद्द भएको छ।
प्रतियोगिता अक्टोबर ३ मा हुने तालिका रहेको थियो। तर, कोरोनाको कारण प्रतियोगिता रद्द गरिएको सिंगापुर जीपीका उपाध्यक्ष कोलिनले बताए।सिंगापुरको प्रतियोगिता स्थगित भएपछि फर्मुला वानले सिंगापुर ग्राण्ड प्रिक्सको स्थानमा अर्को एक ग्राण्ड प्रिक्सको आयोजना गर्ने तयारी गरेको छ।
फर्मुला वानले कोरोनाको कारण २०२१ मा कुल ९ प्रतियोगिता गर्ने तालिका निकालेको थियो। एजेन्सी
Facebook Comments


























