जेठ २१ । सुनचाँदीको भाउ आज घटेको छ। सुनको भाउ एकैदिन तोलामा पन्ध्र सय र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९३ हजार चार सय रुपैयाँ तोकेको छ। सुनको भाउ हिजो तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो।
गएको आइतवार सुन तोलाको ९४ हजार रुपैयाँ थियो। सोमवार दुई सय रुपैयाँले बढेर तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलवार तीन सय रुपैयाँले बढेर ९५ हजार पाँच सय रुपैयाँ पुगेको थियो। बुधवार सुनको भाउ स्थिर रहेर तोलाको ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
हिजो तोलामा चार सय रुपैयाँ बढेर ९४ हजार नौ सय पुगेको भाउ आज एकैदिन पन्ध्र सय रुपैयाँले घटेको हो। यस्तै, चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ४० रुपैयाँ तोकिएको छ। चाँदी हिजो तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। गएको आइतवार चाँदी तोलाको १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।


























