जेठ २० । रियल मड्रिडका मिडफिल्डर लुकास भास्क्वेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। रियलले बिहीबार लुकास सम्झौता थप गर्न सहमत भएको जनाएको छ।
रियलले लुकास सन् २०२४ को जुन ३० सम्म क्लबमा रहने जनाएको छ। २९ वर्षीय लुकास रियलको एकेडेमीबाट आएका खेलाडी हुन्। स्पेनिस मिडफिल्डरले सन् २०१५ मा रियलको सिनियर टिममा डेब्यु गरेका थिए। त्यस अघि उनले एक सिजन स्पनियोलबाट लोनमा खेलेका थिए। एजेन्सी
Facebook Comments


























