जेठ २० । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन्। बुधबार राति भएको खेलमा रोमानियाकी मिहाएला बुजार्नेस्कुलाई हराएर सेरेनाले अन्तिम ३२ को स्थान पक्का गरेकी हुन्।
३९ वर्षीय अमेरिकी खेलाडी सेरेनाले बुजार्नेस्कुलाई ६-३,७-५ र ६-१ ले पराजित गरिन्। सातौं वरीयता प्राप्त सेरेनाले अब अमेरिकी खेलाडी डानिले कोलिन्ससँग खेल्ने छिन्।
२३ पटकको ग्राण्डस्लाम विजेता सेरेनालेतीन पटक फ्रेन्च ओपन जितेकी छिन्। महिलातर्फ नै १५ औं वरीयताकी भिक्टोरिया अजेरिन्काले तेस्रो चरणमा स्थान बनाएकी छिन्। दशौँ वरीयताकी बेलिन्डा बेलिसिस भने दोस्रो चरणबाट बाहिरिएकी छिन्। पुरुषतर्फ रुसका डेनील मेदभेदेबले तेस्रो चरणमा स्थान बनाएका छन्।
दोस्रो वरीयताका डेनीलले अमेरिकाका टोमी पाउललाई ३-६,६-१,६-४ र ६-३ ले पराजित गरे। एजेन्सी
Facebook Comments


























