जेठ २० । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलरको मूल्य बुधबारको भन्दा बढेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर ११६ रूपैयाँ ३४ पैसा रहेकोमा आज बढेर ११६ रूपैयाँ ६४ पुगेको छ। यसको बिक्रीदर ११७ रुपैयाँ २४ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























