जेठ २० । युरोकप फुटबलको तयारीस्वरूप भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले वेल्सलाई सहजै हराएको छ। खेलको २६औँ मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको वेल्समाथि फ्रान्स हावी भएको थियो।
घरेलु मैदानमै भएको खेलमा फ्रान्सले वेल्सलाई ३-० अन्तरले पराजित गरेको हो। फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पे, एन्टोनियो ग्रीजम्यान र ओसुमान डेम्बेलेले एकर एक गोल गरे। युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ। एजेन्सी
Facebook Comments


























