जेठ १९ । दुई दिन ओरालो लागेको नेप्सेमा बुधबार रौनकता छाएको छ। नेप्से सूचक ५५.७६ अंकले बढेर २८२७.१२ विन्दुमा पुग्दा बजारमा रौनकता छाएको हो।
आज ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३ सय ५६ रूपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका २१९ कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो।
सामूहिक लगानी कोषबाहेक सबै सूचक उकालो लागेको छ। घटिरहेको लघुवित्त समूह पनि ६९ अंकले माथि गएको छ।
राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २३ हजार ५९४ रुपैयाँ पुगेको छ। सानिमा माइ हाइड्रोमा पनि बढेर सर्किट लाग्दा मूल्य ५०६ रुपैयाँ पुगेको छ। मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर मूल्यमा पनि बढेको छ।
Facebook Comments


























