चितवन, जेठ १९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ७ हजार २१९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन्। निको हुने दर ८०.८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ८०५ जनाको पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९२ जना गरी कुल ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल नेपमाल सक्रिय संक्रिमतको संख्या १ लाख १ हजार ९९३ रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments

























