जेठ १९ । अष्ट्रेलियाका पूर्व कप्तान मार्क मिलिगनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन्। म्यकार्थर एफसीबाट अष्ट्रेलियन लिग खेलिरहेका मार्कले सिजनको अन्त्यसँगै खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन्।
३५ वर्षीय डिफेन्सिभ मिडफिल्डरले एक सिजन क्लबका लागि २४ खेल खेलिसकेका छन्। मार्कले सन् २०१९ मा अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए। उनले अष्ट्रेलियाका लागि ८० खेल खेलेका थिए।
उनी सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा अष्ट्रेलियाको टिममा रहेका थिए। खेल जीवनपछि उनले प्रशिक्षक जीवनमा प्रवेश गर्ने बताएका छन्। एजेन्सी
Facebook Comments


























