काठमाडौं, जेठ १७ । सोमबार पनि सुनचाँदीको मूल्य सामान्य बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य ९४ हजार २०० रुपैयाँ रहेको छ।
हिजो आइतबार ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २०० रुपैयाँले बढेको हो। सोही परिमाणको तेजावी सुन आज प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको छ।
यता, चाँदीको मूल्य पनि सामान्य बढेको छ। आइतबार प्रतितोला एक हजार ३५५ रुपैयाँ रहेको चाँदीको भाउ सोमबार पाँच रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
Facebook Comments


























