मुम्बई, जेठ १७ । बलिउडका ‘शहंशाह’ अमिताभ बच्चनले सोमबार सोमबारबाट बलिउडमा ५२ वर्ष पुरा गरेका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो फिल्मी यात्राको तस्वीर शेयर गरेका छन्।
एबीपी लाइभका अनुसार उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अमिताभले आफ्नो फिल्मी करियरको सुरुवात फिल्म ‘सात हिन्दुस्तानी’बाट गरेका हुन्।
उनले राखेको तस्वीरमा हालसम्म अभिनय गरेको प्रमुख फिल्मको चरित्रलाई राखिएको छ। तस्वीरमा ‘सात हिन्दुस्तानी’ देखि लिएर रिलिज हुन लागेको उनको फिल्मसम्म राखिएका छन्।
‘५२ वर्ष। राम्रो। यो संकलनका लागि धन्यवाद’, उनले लेखेका छन्, ‘अहिले पनि सोचिरहेको छु यो कसरी भयो।’ उनको पोस्टमा लाइक र कमेन्टको क्रम बढ्दो छ।
अमिताभ १५ फिल्म फेयर अवार्ड, ४ आइफा अवार्ड र पद्म श्री विभूषणबाट विभूषित तथा पुरस्कृत भइसकेका छन्। एजेन्सी
Facebook Comments


























