जेठ १७ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै भारतमा कूल २ लाख ८० हजार ४७ हजार ५३४ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमणका कारण एकैदिन थप ३ हजार १२८ जनाको मृत्यु भएको छ। पछिल्लो केहीदिन यता संक्रमणको कारण मृत्यु हुनेको संख्या ३५ सय भन्दा कम रहेको छ। हप्तौंसम्म भारतमा ४ हजार भन्दा बढीको मृत्यु भएको थियो।
पछिल्लो २४ घण्टामा २ लाख ३८ हजार २२ जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २० लाख २६ हजार ९२ हजार पुगेको छ। एजेन्सी
Facebook Comments


























