जेठ १६ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जापानले नौ प्रान्तमा लगाएको संकटकाल तीन साता थपेको छ। कोरोना भाइरसको सङ्क्रमण दर घटे पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको जापान सरकारले जनाएको छ।
स्वास्थ्य संकटकालमा त्यहाँका रेस्टुरेन्टहरुलाई मदीरा बेच्न वा प्रत्यक्ष सेवा दिन रोक लगाइएको छ भने विद्यालय बन्द नै रहनेछन्। यस्तै भेला तथा सम्मेलनमा पनि प्रतिबन्ध लगाइएको छ। एजेन्सी
Facebook Comments


























