जेठ १५ । आउँदो वर्षका लागि विनियोजन भएको १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेटको स्रोत जुटाउन सरकारले साढे पाँच खर्ब रुपैयाँ ऋण लिने भएको छ।
विनियोजन भएको बजेट कार्यान्वयनका लागि १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ राजस्व सङ्कलनबाट जुटाइने बजेटमा उल्लेख छ। यस्तै वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ जुटाउने लक्ष्य छ।
सरकाले राजस्व र वैदेशिक अनुदानबाट अपुग पाँच खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिने भएको छ। यसमध्ये वैदेशिक ऋण तीन खर्ब नौ अर्ब २९ करोड रुपैयाँ र आन्तरिकतर्फ दुई खर्ब ५० अर्ब रुपैयाँ बेहोरिने बजेटमा उल्लेख छ।
Facebook Comments

























